सुदुरपश्चिमका कोरोना संक्रमितमध्ये ८६ प्रतिशत पुरुष , अधिकांश भारतबाट आएका, निको हुने दर पनि पुरुषकै उच्च
2020/06/03, 11:22
 
korona

सुदुरपश्चिमका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७३ पुगेको छ । सुर्खेत र धनगढीको प्रयोगशालामा गरिएका परिक्षणमा नयाँ कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७३ पुगेको हो । त्यसमा ८६ प्रतिशत पुरुष संक्रमित रहेका छन । १४ प्रतिशत महिला संक्रमित रहेका छन् । संक्रमित मध्ये पुरुषको संख्या ६३ रहेको छ भने महिलाको संख्या १० रहेको छ । 

सुदुरपश्चिममा कोरोना निको हुने दर पनि पुरुषकै उच्च रहेको छ । हालसम्म ७ जनाले कोरोना जितेकोमा ५ जना पुरुष दुई जना महिला रहेका छन् । कैलालीका दुई जना महिला निको भएका छन भने कैलालीका दुई पुरुष, कञ्चनपुरका एक पुरुष डडेल्धुरा अछाम र वझाङका संक्रमितले कोरोना जिसिकेका छन् । यो हिसावले पुरुषको कोरोना निको हुने ७१ प्रतिशत रहेको छ भने महिलाहरुमा निको हुने २९ प्रतिशत छ । 

2

सवैभन्दा वढी ३३ जना संक्रमित कैलालीमा रहेका छन् । उनीहरुमध्ये पुरुषको संख्या २९ र महिलाको संख्या चार छ । उनीहरुमध्ये दुई जना पुरुष दुई जना महिला निको भएर घर फर्किएका छन् । २९ जनाको उपचार भईरहेको छ । उनहिरुमा चार जना वाहेक अरु भारतबाट आएका छन् ।  कैलालीपछि सवैभन्दा वढी १३ जना अछाममा संक्रमित रहेका छन । त्यसमा २ जना महिला र ११ जना पुरुष छ । एक पुरुष निको भएका छन भने १२ जनाको उपचार भईरहेको छ । उनीहरु पनि सवै भारतबाटै आएका छन् । 

कञ्चनपुरमा पनि भारतबाट आएका १० जना संक्रमित भेटिएका छन । त्यसमा सवै जना पुरुष नै रहेका छन् । एक जना निको भएर घर फर्किएका छन् भने ९ जनाको उपचार भईरहेको छ । वैतडीमा ६ जना संक्रमित रहेकोमा सवै जना पुरुष नै रहेका छन । भारतबाट उनीहरु सवै जना उपचारमै रहेका छन् । बाजुरामा तीन जना संक्रमित रहेकोमा दुई महिला र एक पुरुष रहेका छन् । एक बालिको मृत्यु भईसकेको छ भने महिला पुरुष उपचारमा रहेका छन । मृत्यु भएकी वालिका र महिला भारतबाट आएका हुन् । 

डोटीमा पनि ५ जना संक्रमित पुष्टि भएका छन । त्यसमा दुई महिला र तीन पुरुष रहेका छन । भारतबा आएका उनीहरु पाँचै जना उपचारमा छन् । त्यसैगरी दार्चुला, डडेल्धुरा र वझाङमा एक एक जना संक्रमित छन । उनीहरुमध्ये वझाङका र डडेल्धुराका संक्रमित निको भएका छन ।  दार्चुलाका संक्रमित उपचार गराईरहेका छन् ।

दार्चुला र वझाङ जिल्लाका संक्रमित पनि भारतबाट आएका हुन् । भारतबाट आउने क्रम जारी रहेकोले कोरोना संक्रमितको संख्या वढ्दै जाने खतरा रहेको छ ।