धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुई समूहबीच विवाद बढेको छ । बुधबार बिहान सुदूरपश्चिम प्रदेश कार्यालयमा माधवकुमार नेपाल समूहले नेकपा एमाले लेखिएको बोर्ड राखेपछि विवाद बढेको हढेको हो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकर्ताहरुले उक्त बोर्ड हटाएका छन् । उक्त बोर्ड हटाउँदै प्रधानमन्त्री ओली समूहका कार्यकर्ताहरुले आफ्नो बोर्ड राख्न थालेपछि विवाद बढेको हो ।
ओली समूहले राखेको बोर्डमा पनि नेकपा एमाले नै लेखिएको छ । माधव समूहका नेताका अनुसार प्रतिशोध साँध्न काम भईरहेको छ । विवाद बढेपछिप्रदेश पार्टी कार्यालयमा प्रहरी परिचालन गरिएको छ ।
सर्वोच्च अदालतको आइतबारको फैसलाले नेकपा एमाले र नेकपा माओवादी ब्युँताइदिएपछि दुई फरक(फरक पार्टी बनेका छन् । दुई फरक/फरक पार्टी बनेसँगै केन्द्रदेखि जिल्ला र प्रदेशहरुमा बोर्ड राख्ने र कार्यालय स्थापना गर्ने क्रम चलिरहेको छ ।