
दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन 'पुष्पा २' को रिलिजको पर्खाइमा छन्।

यो फिल्म ५ डिसेम्बरदेखि प्रदर्शन हुँदैछ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यस फिल्मका लागि अल्लू अर्जुनले ३०० करोड भारू लिएका छन्। उनले फिल्मको अरू खर्चभन्दा बढी पारिश्रमिक लिएका हुन्। फिल्मको बजेट ५०० करोड भारू बताइएको छ। अल्लू अर्जुनले नै ३०० करोड भारू पारिश्रमिक लिदा अरू खर्च २०० करोड भारू रहेको अनुमान लगाउन सकिन्छ।
सुकुमार बान्द्रेडीको लेखन एवं निर्देशन रहेको फिल्ममा अल्लू अर्जुनसहित रश्मिका मन्दना, फहद फासिल, धनुञ्जय, राव रमेश, सुनिल, अनसूया भारद्वाज र अजय घोषको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यलमाञ्चिली फिल्मको निर्माता हुन्।

यो फिल्म सन् २०२१ मा रिलिज भएको फिल्म 'पुष्पाः द राइज' को सिक्वेल हो।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/22, 4:42
2021/09/23, 4:00
2020/07/27, 9:33
2020/12/21, 12:43
2022/10/11, 6:54