सुदुरपश्चिमका ८१ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ? (प्रतिशत सहित)
2020/06/03, 6:28
 
korona

सुदुरपश्चिमका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको प्रयोगशालामा गरिएका परिक्षणमा नयाँ कोरोना संक्रमित थप भएका हुन् । आज थपिएका मध्ये कैलालीका ३ जना र डोटीका ५ जना रहेका छन । त्यसमा कैलालीमा सवैभन्दा वढी ३६ जना संक्रमित पुगेका छन् । 

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ बर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको हो । सबैभन्दा बढी कैलालीका ३६ जना रहेका छन् । मंगलवारसम्म ३३ जना रहेकोमा आज तीन जना थपिएका हुन् । यस्तै डोटीमा संक्रमितको संख्या १० पुगेको छ । मंगलवारसम्म डोटीमा ५ जना रहेकोमा आज ५ जना थपिएका हुन् । डोटीका पूर्वीचौकी ४ का २३ बर्षीय, ४५ बर्षीया महिला, २७ बर्षीय पुरुष र पूर्वीचौकी ७ का २५ बर्षीय र २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । 

b

उता कञ्चनपुरमा पनि १० जनामा संक्रमण पुष्टि भएको छ । त्यसमा मंगलवार मात्रै ८ जना थपिएका हुन् । उनीहरुमध्ये ८ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ । एक जनाको सेतीमा उपचार भईरहेको छ । उता वैतडीमा पनि ५ जना पुरुष संक्रमितको उपचार भईरहेको छ । वैतडी जिल्ला अस्पतालमा रहेका थुनुवा आज निको भएर डिस्चार्ज भएका छन । बैतडीका ५ जनाको सेती प्रादेशिक अस्पतालमा भईरहेको छ ।

वैतडीका ६ जना नै भारतबाट आएका हुन् । बाजुरामा पनि तीन संक्रमित रहेका छन् । त्यसमा एक बालिकाको मृत्यु भएको छ भने एक महिला संक्रमित रहेकी छन् । उनीहरुको बाजुरामै उपचार भईरहेको छ । एक जना वाजुराका पुरुषको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । त्यसैगरी वझांग, डडेल्धुरा र दार्चुलामा एक एक जना संक्रमित रहेका छन् ।

त्यसमा डडेल्धुराका संक्रमित निको भएर घर फर्किएका छन् । वझाङका संक्रमितको पनि कर्णाली प्रदेशमा उपचार भईरहेको छ । दार्चुलाका संक्रमितको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको छ । 

सुदूरपश्चिमका ८१ जना संक्रमित मध्ये ७९ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । एक जना संक्रमितको मृत्यु भईसकेको छ भने ८ जना डिस्चार्ज भईसकेका छन । ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भएका हुन भने एक जना प्रदेश बाहिर डिस्चार्ज भएका हुन् ।