
धनगढीमा मः मः अड्डा खुलेको छ । युवा व्यवसायी आभेष चन्दले धनगढीको अस्पताल लाईनमा मः मः अड्डा सञ्चालनमा ल्याएका हुन् । धनगढीको अस्पताल लाईनमा रहेको समर मेडिकल अगाडी मः मः अड्डाले सेवा सुरु गरेको छ ।

मः मः र मट्टा चिया पाउने अड्डाको होटेले व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बम र समाजसेवी साहित्यकार सुरतवहादुर शाहले उद्घाटन गरे ।

१५ लाखको लगानीमा अस्पताल लाईनमा आउने विरामी तथा उनीहरुका आफन्तलाई राहत होस भनेर मः मः अड्डा सञ्चालन गरेको सञ्चालक चन्दले बताए । उनका अनुसार सहुलियत दरमा गुणस्तरीय मः मः र मट्टा चियाको स्वाद उपलब्ध भईरहेको छ ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27