सुदूरपश्चिममा साढे ५७ हजार जनालाई क्वारेन्टाईनमा (भिडियो सहित)
2020/06/03, 8:44
 
korona

सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ५७ हजार सात सय बढीलाई क्वारेन्टाईनमा राखिएको छ । ५७ हजार सात सय २८ जनालाई विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

क्वारेन्टाइनमा राखिएका मध्ये ४९ हजार तीन सय ६८ जना पुरुष र ८ हजार ६० जना महिला रहेका छन्। सबैभन्दा बढी कैलालीमा १५ हजार ७ सय ६९  जना, कञ्चनपुरमा सात हजार नौँ सय ७९ जनालाई क्वारेन्टाइनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ ।

डोटीमा आठ हजार पाँच सय ८९, बैतडीमा पाँच हजार ८ सय ६५ जना, अछाममा पाँच हजार नौँ सय ८८ जना, डडेल्धुरामा चार हजार चार सय ९९ जना, बझाङमा दुई हजार नौँ सय ९८ जना, बाजुरामा चार हजार दुई सय ९० जना, दार्चुलामा एक हजार चार सय ५१ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका हुन ।