सीमामा समस्या परेकालाई सहयोग गर्दै डाक्टर नितेश कनौडियाको टीम र नेपालगंज मेडिकल कलेज
2020/06/04, 8:47
 
korona

सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ का नाकाहरुबाट दैनिक रुपमा नेपालीहरु भित्रिरहेका छन् । उनीहरुलाई विभिन्न मनकारीहरुले सहयोग गर्दै आएका छन् । त्यसमै पर्छन डाक्टर नितेश कुमार कनौडिया र उनको टीम । कनौडिया नेपालगंज मेडिकल कलेजका सह निर्देशक हुन भने उनी लगायतका उनका साथीहरुले सामाजिक कामका लागि खोलिएको फिल द बकेटका पनि सदस्य हुन् । डाक्टर कनौडियाकै पहलमा धनगढीको गौरीफन्टा नाकामा पुगेका नेपालीहरुलाई खाना पानी खुवाउने काम भईरहेको छ । सीमामा अलपत्र नेपालीहरुले खाना खान नपाएर भोकभोकै भएको अवस्थामा धनगढीका युवाहरुको समुह रोयल कोलाब्रोटिभ्सले खाना खुवाउँदै आएकोमा फिल द वकेट र नेपालगंज मेडिकल कलेजले पनि सहयोग थालेको छ । धनगढीको निसर्ग अस्पतालले रोयल कोलाब्रोटिभ्सलाई खाना खुवाउनका लागि सहयोग गर्दै आएको डाक्टर नितेश उनको टीम र नेपालगंज मेडिकल पनि जोडिएको हो । 

b

निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्तको सहयोगमा नेपालगंज मेडिकल कलेज र फिल द बकेटले गौरीफन्टा नाकामा पुगेकाहरुलाई खाना खुवाउने काम भईरहेको छ । पछिल्ला दुई दिनमा उनीहरुको सहयोगमा खाना खुवाईएको छ । पहिलो दिन १३ सय र दोस्रो दिन १४ सय जनालाई खाना खुवाईएको छ । डाक्टर कनौडियाले गौरीफन्टा नाकामा पहिलो चरणका लागि १० हजार जनालाई खाना खुवाउने प्रतिबद्धता जनाएका छन् । त्यसका लागि रोयल कोलाब्रोटिभ्सलाई सहयोग गरिसकेको अवस्थामा झण्डैै ५० हजार जनालाई खाना खुवाउन प्रतिवद्धता जनाएको निसर्त अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए । 

1

डाक्टर नितेन सहितको टीमले नेपालगंजको रुपडीया नाकामा पनि खाना पानी खुवाउँदै आएको छ । भारतबाट फर्किने नेपालीहरुलाई लक्षित गरेर नेपालगन्जको जमुनाह नाकामा तयारी खाजा र पानी वितरणलाई जारी राखिएको हो । मेडिकल कलेज नेपालगन्जले फिल्ड द वकेटसँगको सहकार्यमा विष्कुट, चाउचाउ र पानीको प्याकेज बनाएर वितरण गरिरहेकोमा हालसम्म १३ हजार ६ सय २८ जनालाई खाजा पानी दिईएको डाक्टर नितेशकुमार कनौडियाले जानकारी दिए । उनले आफ्नो जन्मदिनको अवसर पारेर थालेको सहयो गर्ने अभियान अन्तर्गत आउने नेपाली नागरिकलाई प्रति व्यक्ती एक बोतल पानी, चाउचाउ र बिस्कुट एक हप्तासम्म नियामित रुपमा दिएका छन् । खाद्य सामाग्री दिन उनी आफै सीमा नाकामा खटिदै आएका छन् । 

k

यतिबेला दैनिक कयौं नेपालीहरु जमुनाह नाका हुँदै घर फर्किने गरेका छन् । भोकै प्यासै घर फर्किनेलाई कनोडियाको सहायताले ठूलो राहात महसुस गराएको छ ।कनोडियाले भने, हाम्रो सानो सहायताले नेपाली दाजुभाईहरुको दुःखमा मलम लगाउने विश्वास लिएको छ । डाक्टर कनोडिया बाँकेको कोरोना विरुद्धको अभियानमा पनि उत्तिकै सक्रिय छन् । 

k

नेपालगंज मेडिकल कलेजका सह निर्देशक रहेका कनौडीया लगायत उनका साथीहरु सामाजिक कामका लागि २०१४ मा फिल द वकेटको सुरुवात गरेका हुन । यसमा कुनै पनि संघ संस्थाको नभएर साथीभाईहरुले दिएको सहयोगबाट सामाजिक काम गरिदै आएको छ । अहिले सीमामा पुगेका नेपालीहरुलाई सहयोग भईरहेकोमा यसअघि पनि अन्य समयमा पनि सहयोग गर्दै आएको डाक्टर कनौडियाले बताए । उनका अनुसार २०७२ सालको भुकम्पमा पनि उनीहरु सक्रिय रुपमा लागेका थिए । 

b