ग्लोबल आइएमई बैकद्धारा डिजिटल बैकिङ कारोबार सम्बन्धी कार्यक्रम
2021/03/27, 11:12
 
bank

ग्लोबल आइएमई बैकद्धारा डिजिटल बैकिङ कारोबार सेवा सम्बन्धी कार्यक्रमको आयोजना  

शनिबार चैत १४, २०७७/ Saturday 03-27-21

5Shares

facebook sharing button

twitter sharing button

messenger sharing button

pinterest sharing button

email sharing button

whatsapp sharing button

sharethis sharing button

Paschim Today

ग्लोबल आइएमई बैक धनगढी सेतोपुल शाखाले बिद्यार्थीहरुलाई डिजिटल बैकिङ कारोबार सेवा सम्बन्धी जानकारी गराउने उदेश्यले धनगढीमा कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा क्युआर कोड,मोबाईल बैकिङ,एटिएम कार्डको माध्यमबाट बिधुतिय कारोवार गर्न प्रोत्सानको लागी सो कार्यक्रमको आयोजना गरेको ग्लोबल आइएमई बैक धनगढी सेतोपुल शाखाका प्रबन्धक ठेकराज बिनाडीले बताए । उनका अनुसार यस अघि पनि बैकले बिभिन्न ठाँउमा यस्ता कार्यक्रमहरु गरिदै आईरहेको जनाएको छ ।

हालको कोभिडको समयमा यस्ता डिजिटल कारोवारको प्रयोगले सुरक्षित गर्नुका साथै जनजीवन सहज हुने अपेक्षा गरिएको छ । सो कार्यक्रममा बैकको प्रदेश कार्यालयका प्रमुख र कर्मचारीका साथै धनगढीका बिभिन्न बिद्यालयका एक हजार भन्दा बिद्यार्थीहरु र अन्यको सहभागीता रहेको थियो।

No description available.

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ वटा जिल्लामा फैलिएको २७३ शाखा सञ्जाल सहित २४२ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्र्पक कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।