नेपाली नुरी जामे मस्जीद संघद्धारा धुर्मुस सुन्तली फाउन्डेशनलाई ४० हजार बढी आर्थिक सहयोग
2021/03/29, 12:46
 
hepl

धनगढीमा रहेको नेपाली नुरी जामे मस्जीद संघ (मुस्लीम समुदाय) द्धारा धुर्मुस सुन्तली फाउन्डेशनलाई ४० हजार बढी रकम आर्थिक सहयोग गरिएको छ । धनगढी उपमहानगरपालीका वडा नम्बर १ मा रहेको सो मस्जीद संघद्धारा नगद ४० हजार १ सय ५० रकम फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि सहयोग जुटाउन धनगढी पुगेका धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) सहितको टोलीलाई आईतबार बिभिन्न मुस्लीम युवाहरुको समुह तथा तोहिद सिद्धीकीको अगुवाईमा आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको जनाइएको छ । मुस्लीम समुदायको तर्फबाट अगुवाई कर्ता तोहीद सिद्धीकीले फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेललाई आर्थिक सहयोग हस्तान्तरण गरीएको मस्जीद संघले जनाएको छ ।

जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा सहयोग जुटाउन धुर्मुस सुन्तली फाउन्डेशनको टोली धनगढीमा छ । धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले रङ्गशाला खेलका लागि मात्र नभएर सांस्कृतिक रङ्गशाला बन्ने बताएका छन् ।