कागेंस वडा नम्बर ३ द्धारा एक साताका लागि खाद्यान्न सहयोग
2020/06/04, 2:49
 
korona

धनगढीको त्रिभुवन माविमा रहेको क्वारेन्टाइनमा एक सातालाई पुग्ने गरी खाना तथा खाजाका लागि सामाग्री प्रदान गरिएको छ ।  नेपाली काग्रेंस वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र सिहं लगायतका कागेंसका युवाहरुले एक हप्ताका लागि पुग्ने भोजन तथा खाजाका लागि आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेका हुन ।

b

खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा तरुण दलका नगर सचिव अरुण सिंह तरुण दलको वडा नम्बर ३ का अध्यक्ष महेश्वर ओझा लगायतको सहभागीता रहेको छ । अहिले भारतबाट फर्किएका ५६ जनालाई क्वारेन्टाईनमा राखिएको  छ ।

d

सीमानाका पुगेका वडावासीको उद्धार गरी त्रिभुवन माविमा व्यवस्थित ढंगले राखिएको वडा समितिले सहयोग गरेको हो । क्वारेन्टाईनमा बस्दा संक्रमणको जोखिम नहोस भनेर सामाजिक दुरी कायम गरेर राखिएको छ । क्वारेन्टाईनमा बस्नेहरुको मनोरञ्जनका लागि ईन्टरनेट सुविधा, योग तथा प्रणायम, मनोवैज्ञानिक परामर्श भईरहेको छ ।