सुदूरपश्चिममा मोबाइल व्यवसायीहरुको भेला
2021/04/10, 8:17
 
mobile

सुदूरपश्चिमका मोबाइल व्यवसायी संघको सधारण सभा सम्पन्न भएको छ। 

‘व्यवसायीको हक, अधिकार र कर्तव्यका लागि हाम्रो एकता’ भन्ने नारका साथ सम्पन्न भएको उक्त साधारण सभामा मोबाइल व्यवसायीहरुको समस्या तथा निराकरणका बारेमा छलफल भएको संघका महासचिव सुभाष बमले बताए। 

शुक्रबार धनगढीस्थित फनपार्कको सभा हलमा सम्पन्न भएको भेलामा सुन्दर सुदूरपश्चिमका अभियानकर्ता गोपाल हमाल प्रमुख अतिथि रहेका थिए।