पूर्वराजा कन्ट्याक्ट ट्रेसिङमा परेपछि कोभिड परीक्षण गर्दै
2021/04/15, 2:31
 
xx

छिमेकी भारतको हरिद्वारमा महाकुम्भ मेलामा सहभागी भएर पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली पुगेका छन् । उनको दिल्ली बसाई कति दिनको हो स्पष्ट छैन । यद्यपि उनले त्यहाँ राजनीतिक, पारिवारिक, साथी-सँगीसँग भेटघाट गर्ने छन् । उनी गत बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाह हरिद्वारमा महाकुम्भ मेलामा सहभागी हुन भारत प्रस्थान गरेका थिए ।

आरम्भमा पनि तीन दिनको दिल्ली बसाइ र भेटघाटपछि उनी आइतबार शाही स्‍नानका लागि हरिद्वार पुगेका थिए । त्यहाँ उनलाई वहालवाला राजालाई झै सम्मान गरेका थिए । पूर्व राजाले पनि मुलुकको चिन्ता त्यहाँ पनि व्यक्त गरेका थिए । पूर्वराजा शाहसहित मेलामा सहभागी उनको समूह कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । उनले दिल्लीमै कोभिड-१९ परीक्षण गर्ने भएका छन् । उत्तर प्रदेशका मूख्यमन्‍त्री योगी आदित्यनाथलाई कोभिड-१९ संक्रमण देखिएको छ । चै