सुदुरपश्चिमका ८६ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ? (जिल्लागत तथ्यांक र प्रतिशत सहित)
2020/06/04, 8:07
 
korona

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या ८६ पुगेको छ । विहीवार थप पाँच जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या ८६ पुगेको हो । उनीहरुमध्ये ८३ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । एक जना संक्रमितको मृत्यु भईसकेको छ । संक्रमित मध्ये ७ जना प्रदेशभित्रकै अस्पतालबाट डिस्चार्ज भईसकेका छन । 

विहीवार मात्रै कैलालीको धनगढी फुलवारीकी २५ बर्षीय युवती र २६ बर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । प्रदेशमा सबैभन्दा बढी संक्रमित कैलालीका छन । अहिलेसम्म कैलालीका ३९ जनामा कोरोना पुष्टि भईसकेको छ । विहीवार ५ जनामा थप कोरोना पुष्टि भएकोमा त्यसमा तीन जना कैलालीका रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । चार जना संक्रमित भने कोरोनालाई जितेर घर फर्किसकेका छन । बाँकी ३५ जनाको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, भजन प्राथमिक स्वास्थ्य केन्द्र र महाकाली अस्पतालमा उपचार भईरहेको छ । 

कैलालीपछि अछाममा बढी संक्रमित छन । अछाम १४ जनामा कोरोना पुष्टि भएको छ । अछाम साँफेवगरका २९ बर्षीय पुरुषमा कोरोनो पुष्टि भएको छ । उनीहरुमध्ये विहीवार एक जनामा थप पुष्टि भएको हो । उनीहरुको सेती प्रादेशिक अस्पताल र अछाम अस्पतालमा उपचार भईरहेको छ । यस्तै डोटीमा संक्रमितको संख्या १० पुगेको छ । मंगलवारसम्म डोटीमा ५ जना रहेकोमा वुधवार थप ५ जना कोरोना पुष्टि भएको छ । उनीहरुको जिल्ला अस्पताल डोटी र महाकाली अस्पतालमा उपचार भईरहेको छ । उता कञ्चनपुरमा पनि १० जनामा संक्रमण पुष्टि भएको छ । त्यसमा मंगलवार मात्रै ८ जना थपिएका हुन् । उनीहरुमध्ये ८ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ । एक जनाको सेतीमा उपचार भईरहेको छ ।

b

उता वैतडीमा पनि ५ जना मध्ये ५ जना पुरुष संक्रमितको उपचार भईरहेको छ । वैतडी जिल्ला अस्पतालमा रहेका थुनुवा निको भएर डिस्चार्ज भएका छन । बैतडीका ५ जनाको सेती प्रादेशिक अस्पतालमा भईरहेको छ । बाजुरामा पनि तीन संक्रमित रहेका छन् । त्यसमा एक बालिकाको मृत्यु भएको छ भने एक महिला संक्रमित रहेकी छन् । उनीहरुको बाजुरामै उपचार भईरहेको छ । एक जना वाजुराका पुरुषको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । त्यसैगरी वझांगमा दुई जनाको संक्रमित रहेका छन । त्यसमा विहीवार मात्रै बझाङको विथ्थडचिरका २६ बर्षीय पुरुषमा कोरोना पुष्टिको हो । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । अर्का संक्रमितको भने कर्णाली प्रदेशको सुर्खेतमा उपचार भईरहेको छ । डडेल्धुरा र दार्चुलामा एक एक जना संक्रमित रहेका छन् । त्यसमा डडेल्धुराका संक्रमित निको भएर घर फर्किएका छन् । दार्चुलाका संक्रमितको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको छ । 

k

सुदूरपश्चिमका ८६ जना संक्रमित मध्ये ८४ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । एक जना संक्रमितको मृत्यु भईसकेको छ भने ८ जना डिस्चार्ज भईसकेका छन । ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भएका हुन भने एक जना प्रदेश बाहिर डिस्चार्ज भएका हुन् । अहिलेसम्म सवैभन्दा वढी धनगढीको प्रयोगशालाबाट ६९ जनामा, सुर्खेतको प्रयोगशालाबाट १२ जनामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।