सुदूरपश्चिममा झण्डै ६० हजार जनालाई क्वारेन्टिनमा राखियो (भिडियो सहित)
2020/06/05, 7:48
 
korona

सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भारतबाट आएका झण्डै ६० हजारलाई क्वारेन्टिनमा राखिएको छ । भारतमा कोरोना भाइरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ५९ हजार पाँच सय ५४ जनालाई नौँ जिल्लाका एक हजार ६ सय ३९ वटा क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

क्वारेन्टिनमा राखिएका मध्ये ५० हजार नौँ सय १८ जना पुरुष र ८ हजार ५ सय ३६ जना महिला रहेका छन । सबैभन्दा बढि कैलालीमा १७ हजार ३ सय २७  जना, डोटीमा ८ हजार ७ सय ३५ र कञ्चनपुरमा ८ हजार २ सय ४ जनालाई क्वारेन्टिनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ ।

अछाममा ६ हजार १ सय ८६ जना, बैतडीमा पाँच हजार ६ सय ४५ जना, डडेल्धुरामा चार हजार ५ सय ८ जना, बझाङमा दुई हजार नौँ सय १० जना, बाजुरामा चार हजार ५ सय ३७ जना, दार्चुलामा एक हजार चार सय ८२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका हुन । सुदूरपश्चिम प्रदेशमा ७१ हजार २ सय ७५ जना अटाउने क्वारेन्टिन स्थापना गरिएको छ ।