सुदूरपश्चिमका १५ अस्पतालमा कोरोना आशंकामा भर्ना भएका २६५ जना डिस्चार्ज, १०१ जना आईसोलेसनमा (भिडियो सहित)
2020/06/05, 8:03
 
corona

सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका दुई सय ६५ जना डिस्चार्ज भएका छन । प्रदेशभरीका १६ वटा अस्पतालबाट अहिलेसम्म दुई सय ६५ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालबाट अहिलेसम्म एक सय ८ जना, डडेल्धुरा अस्पतालबाट २६, बयलपाटा अस्पताल अछामबाट २१ जना र जिल्ला अस्पताल अछामबाट १६ र महाकाली अस्पतालबाट १५ जना डिस्चार्ज भएका छन ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार जिल्ला अस्पताल डोटी र बझाङबाट १२र २ जना, टीकापुर अस्पतालबाट ११, जिल्ला अस्पताल बैतडीबाट ९ जना, जिल्ला अस्पताल बाजुराबाट ८ जना, गोकुलेश्वर अस्पतालबाट र भजनी स्वास्थ्य केन्द्राबाट ५ , ५ जना, चौमला स्वास्थ्य केन्द्रबाट तीन जना, जोगबुढा अस्पतालबाट २ जना र कोल्टी स्वास्थ्य केन्द्रबाट एक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन ।

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ । निर्देशनालयका अनुसार अहिले प्रदेशभरी १०१ जनालाई आईसोलेसनमा भर्ना गरिएको छ । यस्तै सुदूरपश्चिममा प्रदेशमा कोरोना संक्रमित ७ जना पनि निको भएर डिस्चार्ज भईसकेका छन ।