
धनगढी : धनगढीको चटकपुरमा सात करोडको लगानीमा बिबी मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा आएको छ । एक कार्यक्रमकाबीच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले मार्टको उद्धघाटन गरे । हरिश चटौत, दिपेन्द्र ऐर, लोकेन्द्र जोशी, केशव अवस्थी, प्रकाश खड्का, रामसिंह विष्ट र हिमालयसिंह ऐरको सयुक्त लगानीमा मार्ट सञ्चालन गरिएको हो । बिबी मार्टको शाखा कञ्चनपुरको झलारी र कैलालीको अत्तरियामा पनि रहेको छ ।

तीन वटै शाखामा झण्डै १२ करोड लगानी गरिएको सञ्चालकहरुले जानकारी दिएका छन् । सञ्चालकहरुका अनुसार मार्टमा किराना सामाग्री, कस्मेटिक, इलेक्ट्रोनिक, मोवाइल फोन, लगायतका सामाग्री उपलव्ध छन् । मार्ट झण्डै ५० जनाले रोजगारी पाएका छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27