सुदूरपश्चिममा लाग्ने मेला बान्नीकी चैतली रोक्न सुरक्षाकर्मी खटिए, भीडभाड गरे कारबाही
2021/04/25, 10:29
 
corona

 सुदूरपश्चिमको बझाङमा लाग्ने प्रसिद्ध मेला बान्नीकी चैतली रोक्न सुरक्षाकर्मी खटिएका छन् ।

जिल्ला प्रशासन कार्यालय बझाङले मेला रोक्न सुरक्षाकर्मी खटाएको हो । होली पूर्णिमादेखि सुरु हुने बान्नीकी चैतली मेला चैत्र शुक्ल पूर्णिमासम्म लाग्ने गर्छ ।

हरेक वर्ष बझाङको छविस पाथिभरा गाउँपालिका वडा नम्बर ३ को बान्नी चौरमा मेला हेर्न दर्शनार्थी भेला हुने गर्छन् । यसवर्ष पूजाआराधना मात्रै गर्ने गरी व्यवस्थापन गर्न पालिकालाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

स्वास्थ्य मापदण्ड उलङ्घन गर्ने र मेलामा २५ जनाभन्दा बढी भीडभाड भए कारबाही हुने पनि उनले बताए ।

यसवर्ष बान्नीकी चैतलीमा पूजाआराधना गर्नका लागी छविस पाथिभेरा गाउँपालिकाबाट रोजगारीका लागि भारत गएका धेरैजसो घर फर्किएका छन् ।

गत वर्ष लकडाउनकै समयमा पनि मेला लागेको थियो ।