
धनगढीका व्यवसायीले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि स्थानीय प्रशासनले बिहान ११ बजेसम्म बजार खोल्न दिएपछि धनगढी वजार विहान खुलेको छ । शुक्रवार विहान धनगढीका अधिकांश पसलहरु खुलेका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा व्यवसायीले लकडाउन अवज्ञा गर्दै सम्पूर्ण बजार खोल्ने चेतावनी दिएपछि बजार खुल्ने सहमति भएको थियो । कैलाली उद्योग संघका अध्यक्ष पुष्पराज कुँवरले लकडाउनलाई खुकुलो पार्दै शुक्रबारदेखि बिहान ११ बजेसम्म बजार खोल्न दिने स्थानीय प्रशासन, स्थानीय तह र व्यवसायीबीच भद्र सहमति भएपछि बजार खुलेको बताए ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले क्रेता र बिक्रेताबीच सामाजिक दूरी र मास्क प्रयोगलाई अनिवार्य गरी बिहान ७ देखि ११ बजेसम्म बजार खोल्न दिईने बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27