सांसद अक्कल रावल बिरुद्ध परेको उजुरी महिलाद्धारा फिर्ता
2020/03/14, 10:27
 
सुदूर पश्चिम प्रदेश सांसद अक्कल रावल

 ‘बलात्कार’को आरोपमा सुदूर पश्चिम प्रदेश सांसद अक्कल रावल बिरुद्धको उजुरी महिलाले फिर्ता लिएकी छन ।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक बिबाहित महिलाले आफूमाथि बलात्कारको कोसिस गरेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय कैलालीमा रावलका बिरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी दिएकी हुन ।  

जाहेरीमा ती महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणीको दुस्प्रयास गरेको आरोप लगाएकी थिईन ।

तेहि अनुसार प्रदेश सभाका सदस्य रावललाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धान गर्दै जादाँ उजुरी दिने महिलाले आवेशमा आएर उनि विरुद्ध उजुरी दिएको बताएकी छन । जाहेरी दरखास्तमा भनेको जस्तो घटना नभएको भन्दै उजुरी लिएको बताएकी हुन ।

रावल अछाम क्षेत्र नम्बर २ को ख बाट निर्बा्चित नेकपाका सांसद हुन् । उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक पनि हुन् ।

स्थानीय तहको निर्बाचनमा मेयरमा पराजित रावल प्रदेश सभाको निर्बाचनमा भने बिजयी भएका थिए ।रावलले आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गर्दै आएका थिए ।