सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९२ पुग्यो, कुन जिल्लाका कति ?
2020/06/05, 12:37
 
korona

सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

आज डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको उनले बताए। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर १ का १७ र ३८ बर्षीय पुरुष, वडा नम्वर २ का १९, २४ र ५७ बर्षीय पुरुष तथा कैलालीको जानकी गाउँपालिका वडा नम्वर ७ का १६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।  

b

योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ९२ पुगेको छ । सुदूरपश्चिमका ९२ जना संक्रमित मध्ये ८९ जना प्रदेशभित्रै रहेका छन् भने एक जना संक्रमितको मृत्यु भईसकेको छ । एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ ।

संक्रमित मध्ये ७ जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भईसकेका छन भने एक जना प्रदेश वाहिर डिस्चार्ज भएका छन । सबैभन्दा बढी कैलालीका ४० जना, अछामका १४, कञ्चनपुरका १०, डोटीका १०, बैतडीका र डडेल्धुरामा ६÷६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ ।

b

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ७५, सुर्खेतको प्रयोगशालाबाट १२ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।