“नेपालमा राजनीतिकर्मी र कर्मचारी साझा फुलवारी” 
2020/06/05, 1:23
 
bichar

राजनीति देशको मुल नीति हो । यसै नीतिका आधारमा राज्य संचालन हुने गर्दछ । त्यसैले मुल नीति नै ठिक भएन भने सबै  अंग ठिक संग चल्न सक्दैनन भन्ने कुरा हामी सवैले पढ्दै, सुन्दै र भोग्दै आएको हो । त्यो मुल नीति वनाउने र नीतिलाई लागु गराउने महत्वपुर्ण भूमिका राजनीतिक दल र जनताका प्रतिनिधिको रुपमा चुनिएका राजनीतिकर्मीको हो । 

देश काल र परिस्थितिलाई बुझ्न कर्मचारी र  राजनीतिकर्मीहरुलाई नीति निर्माणमा आवश्यक सहयोग गर्न प्रत्येकको जिम्मेवारी र कर्तव्य पनि हो । योजना  र सो नीतिलाई कार्यान्वयन गर्न प्रतिस्पर्धाका माध्यवाट छनौट भई राज्यका संयन्त्रमा वसेर नागरिकलाई सेवा प्रवाह गर्ने राज्यको स्थायी संयन्त्र हो । यस अर्थमा राजनीति र कर्मचारीतन्त्र दुवै मुख्य रुपमा जिम्मेवार हुन् समग्र देश विकास  र  राज्य संचालनका लागि अति  महत्वपूर्ण बिषय हो  ।

एउटा निश्चित संगठन संरचनामा आवद्ध भई ऐन नियम कानुनको निष्पक्ष कार्यान्वयन गरी देश र जनताको निरन्तर सेवा गर्ने कर्मचारी र कर्मचारीतन्त्र संगठानात्मक स्वरुप हो‚ जसले वैधानिक अधिकारको विवेकपूर्ण प्रयोग गरी कार्य सम्पादन गर्दछ । पदसोपानमा रहनु, लिखित निर्णय गर्नु, योग्यता प्रणालीका आधारमा कर्मचारीको छनौट हुनु, राजनीति प्रति तटस्थ रहनु, सरकारका नीति तथा कार्यक्रम प्रति प्रतिवद्ध रहनु कर्मचारीको काम कर्तव्य र अधिकार पनि हो । सरकार सामान्यतया  केही निश्चित अवधिमा परिवर्तन हुने भए पनि कर्मचारीतन्त्र लामो समयसम्म सेवामा निरन्तर रहने हुँदा यसलाई  मितव्ययी र पारदर्शी बनाउन जरुरी छ । त्यसैले समय अनुकुल अगाडी बढौ । मानसिकता बलियो बनाउ । 

देशको स्थायी सरकार जति चुस्त र प्रभावकारी भयो उति नै सरकारका नीति तथा कार्यक्रमको पनि प्रभावकारी ढङ्गले कार्यान्वयन हुने र त्यसको प्रभाव सिङ्गो प्रशासनिक क्षेत्रमा पर्ने हुँदा यसको आफ्नै वेग्लै आवश्यकता र महत्व रहेको छ । एक हिसावले भन्दा कहिल्यै विस्थापित नहुने यो सरकारी संयन्त्रको सवैलाई समान व्यवहार गर्नुपर्ने सरकारी दायित्व र जिम्मेवारी हो भने ईमान्दारीताका साथ राजनीतिवाट तटस्थ रही आफ्नो जिम्मेवारी अनुसारको कार्य सम्पादन गर्नु आजको आवश्यकता हो । कर्मचारी  र राजनीति साझा फुलबारी हुन । जोगाउन सक्यो भने सुगन्ध र सुन्दर वातावरण बनाउँछ नत्र खडेरी । त्यसैले सबै मिलीजुली आगाडी बढौ । 

छविराज जोशी, धनगढी    
  सुदुरपश्चिम, प्रदेश