कैलालीमा निषेधाज्ञा उलंघन गर्ने साढे ७ सय भन्दा बढी सवारी कारवाहीमा
2021/04/29, 6:08
 
corona

कैलालीमा निषेधाज्ञा उलंघन गर्ने साढे ७ सय भन्दा बढी सवारी साधान कारवाहीमा परेका छन्।

बिहिबार विहानदेखि जारी भएको निषेधाज्ञा उलंघन गर्ने ७ सय ५० सवारी साधनलाइ केही समय होल्ड गरेर छोडेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले बताए।

उनका अनुसार ३८ वटा सवारी साधनबाट २३ हजार ५ सय राजस्व संकलन भएको छ।