
धनगढी : कैलालीका निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार हुने भएको छ । आज सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय र निजी अस्पताल संघबीचको बैठकले निजी अस्पतालमा पनि संक्रमितको उपचार गर्ने निर्णय भएको हो ।

संघका सुदूरपश्चिम अध्यक्ष जनकराज जोशीले प्रत्येक निजी अस्पतालले ५ देखि १० शैया कोरोना संक्रमितको लागि छुट्याउने निर्णय भएको बताए । ‘अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सरकारी अस्पतालमा मात्रै कोरोना संक्रमितको उपचार भइरहेको थियो,’ उनले भने, ‘संक्रमण दर बढेपछि सरकारी अस्पतालमा उपचारका लागि ठाउँ अभाव भएको छ । त्यसैले निजी अस्पतालमा पनि संक्रमितको उपचार गर्न हामी तयार भएका हौ ।’
निजी अस्पतालले भोलिदेखि नै संक्रमितको उपचारका लागि तयारीमा जुट्नेछन् ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/06, 10:17
2021/04/28, 10:21
2022/11/06, 1:13