
कैलालीका २ जना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिका ११ का ६३वर्षीय पुरुष र लम्की चुहा १ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

गोदावरीका पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लम्की चुहाका पुरुषको भने सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
पछिल्लो समय कोरोना सङ्क्रमणबाट कैलालीमा ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेको छ । बिहीबार मात्रै कैलालीमा ७ संक्रमितले ज्यान गुमाएका थिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43