कैलालीमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु, एकैदिन ज्यान जानेको संख्या ३ पुग्यो
2021/04/30, 5:05
 
corona

कैलालीमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सेती अस्पतालमा उपचारको क्रममा बर्दगोरीया गाउँपालिका ५ कि ४२ बर्सिया महिलाको सङ्क्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

आज कैलालीका ३ जनाको सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

यस अघि जिल्लाको गोदावरी नगरपालिका ११ का ६३वर्षीय पुरुष र लम्की चुहा १ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । शुक्रबार नै लम्कीचुहा नगरपालिकाका ४३ वर्षीय पुरुष र गोदावरी नगरपालिका ११ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो। 

लम्कीचुहाका ४३ वर्षीय पुरुष ७ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। उनी निमोनियाको बिरामी रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। श्रेष्ठका अनुसार ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। आज बिहान ५ बजेकोे समयमा उनको मृत्यु भएको हो। 

यस्तै गोदावरी नगरपालिका वडा नम्बर ११ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। 

बिहीबार सुदूरपश्चिममा १५ जना संक्रमितको ज्यान गएको थियो। कैलालीका ६, कञ्चनपुरका ५, अछामका २, बझाङ र दार्चुलाका १/१ जनाको कोरोनाका कारण ज्यान गएको हाे।