स्वास्थ्य मन्त्रालयले भन्यो–कैलाली कञ्चनपुरमा सङ्क्रमण डरलाग्दो गरी बढिरहेको छ, संवेदनशील बनौँ 
2021/04/30, 5:11
 
corona

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली कञ्चनपुरमा कोरोना सङ्क्रमण डर लाग्दो गरि बढिरहेको जनाएको छ। आज सर्वसाधारणलाई अपिल गर्दै कैलाली कञ्चनपुर लगायतका २२ जिल्लामा सङ्क्रमण डरलाग्दो गरी बढिरहेको जनाएको हो।

कैलाली कञ्चनपुर सहित मोरङ सुनसरी झापा पर्सा बारा धनुषा,काठमाडौँ भक्तपुर , ललितपुर,चितवन, मकवानपुर,काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके,रुपन्देही, पाल्पा,बर्दिया, कपिलवस्तु, सुर्खेत रहेका छन् ।

मन्त्रालयले जिल्लामा अस्पतालले थेग्नै नसक्ने गरी सङ्क्रमण बढिरहेको जनाइएको छ । सह प्रवक्ता डा.समीर कुमार अधिकारीद्वारा हस्ताक्षरित अपिलमा  कैलाली कञ्चनपुर लगायतका जिल्लाहरूमा संवेदनशील हुन भनिएको छ ।

No description available.