कैलालीमा जारी निषेधाज्ञा बैशाख ३० गतेसम्म निरन्तरता दिईने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले बैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी जारी गरिएको निषेधाज्ञाको समय अवधि लम्बिएको हो ।
जिल्लामा कोरोना संक्रमणदर बढ्दै गईरहेको भन्दै बैशाख ३० गतेसम्म निषेधाज्ञा निरन्तरता दिने प्रमुख जिल्ला अभिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।
उनका अनुसार संक्रमणको प्रभाव न्यून रहेका चुरे र मोहन्याल गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा सो निर्णय लागु हुने जनाएको छ ।
यस्तै सबै बैंक तथा वित्तीय संस्थाहरु वैैशाख २० गतेदेखि ३० गतेसम्म बिहान ९ बजेदेखि साढे ११ बजेसम्म मात्र एउटा बैंकको एउटा मात्र शाखा खुला गर्न पाउने जनाएको छ ।
कैलालीमा संक्रमणको दर निरन्तर उकालो लागेको बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले संक्रमणको चेन ब्रेक गर्नको लागि कम्तीमा १५ दिन निषेधाज्ञा गर्नुपर्ने विशेषज्ञको सल्लाह अनुसार समय थप गर्न डीसीसीएमसीले निर्णय गरेको बताए।
केन्द्रीय सरकारको मन्त्रिपरिषदले ५ सय बढी संक्रिय संक्रमित रहेको तराईको जिल्लामा निषेधाज्ञा गर्न निर्देशन दिएपछि थप गरेको प्रजिअ रिजालले जानकारी दिए। कैलालीमा १ हजार बढी संक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।