कञ्चनपुरका थप २ जना कोरोना संक्रमितको मृत्यु
2021/05/02, 11:32
 
dd

आइतबार कञ्चनपुरका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका -७ की ५५ वर्षीया महिला र भीमदत्त नगरपालिका -१८ का ४७ वर्षीय पुरुषको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

महिलाको आज बिहान ५ बजे र पुरुषको बिहान ८ बजे मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए। उनका अनुसार अस्पतालको इमरजेन्सि वार्डमा अक्सिजनको सहायतामा उपचार भइरहेकी ती महिलाको स्वासप्रस्वासमा समस्या देखिएको थियो भने मृतक पुरुषको सघन कक्षमा राखेर उपचार भईरहेको थियो।

यसअघि आज बिहान ६ बजे कञ्चनपुरको महेन्द्रनगरका ३३ वर्षीय पुरुषको पनि धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो।