
कैलालीमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका १ का ३८ वर्षीय पुरुष र १० की ३५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

३८ वर्षीय पुरुषको सोमबार विहान साढे १ बजेको समयमा मृत्यु भएको हो भने महिलाको विहान साढे ४ बजेको समयमा मृत्यु भएको हो।
कोरोना पुस्टि भएका उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए। धनगढी २ का ४३ वर्षीय संक्रमित पुरुषको सेतीप्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार बिहान ५ बजेको समयमा मृत्यु भएको हो।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले बताए।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15