बझाङमा थप दुई कोरोना संक्रमितको मृत्यु
2021/05/03, 11:36
 
dd

बझाङमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  

जिल्लाको जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिलाका ज्यान गएको हो। जिल्ला अस्पताल बझाङमा उपचाररत उनको आइतबार राति मृत्यु भएको डा. मिलन खड्काले बताए। 

उनी आइतबार मात्र जिल्ला अस्पतालमा भर्ना भएकी थिइन्। जिल्ला अस्पतालमा भर्ना भएपछि उनीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण प्रसाद जोशीले बताए। 

यस्तै आइतबार राति नै तल्कोट गाँउपालिका–१ की एक संक्रमितको पनि मृत्यु भएको छ। 

कोरोना संक्रमण पुस्टि भएपछि घर जाने क्रममा वीच बाटोमा नै उनको आइतबार राति १२ वजे ज्यान गएको उनका आफन्तले जनाएका छन्।

जिल्ला अस्पतालमा १८ गते कोरोना जाँच गराउँदा रिपोर्ट पोजेटिभ आएको र १९ गते उनी घर जानलाई सदरकमुकाम चैनपुरबाट हिडेकी थिइन्। साँझ घर जानेत्र mममा अबेर भएपछि उनी आफन्तको घरमा बसेको र राति १२ बजे उनको मृत्यु भएको आफन्तले जनाएका छन्।

कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बस्ने भन्दै उनी अस्पतालबाट निस्किएकी थिइन्।  जिल्लामा आइतबारसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।