
कैलालीमा आज थप छ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका—२ सरस्वती नगरका ४२ वर्षीय पुरुषको आज बिहान ५ बजे, लम्की चुहा नगरपालिका — १ का ३८ वर्षीय पुरुषको बिहान डेढ बजे मृत्यु भएको छ ।

यस्तै वडा नम्बर १० का ३५ वर्षीया महिलाको बिहान साढे चार बजे, धनगढी उपमहानगरपालिका—५ का ६० वर्षीया महिलाको बिहान ९ बजे, गोदावरी नगरपालिका—३० वर्षीय पुरुषको बिहान ७ बजे, कञ्चनपुरको भीमदत्त नगरपालिका — ७ का ६४ वर्षीय पुरुषको बिहान ५ बजे मृत्यु भएको हो ।
उनीहरुमध्ये चार जना सेती प्रादेशिक अस्पतालमा र दुई जनाको निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15