
स्थानीय प्रशासनको आह्वानपछि कैलालीको कैलालीका अटो वर्कसप र व्यवसायिक फर्महरुले १४६ सिलिण्डर प्रशासन कार्यालयलाई बुझाएका छन् ।

जिल्लामा अक्सिजनको हाहाकार भएपछि आज बसेको सर्वपक्षीय बैठकले अटो वर्कसप, ग्यारेज र व्यवसायिक फर्महरुसंग रहेका अक्सिजनका सिलिण्डरहरु कोभिडको महामारी अबधि भरीका लागि लिने निर्णय गरेको थियो ।
जसका लागि कैलाली उद्योग वाणिज्य संघ मार्फत प्रशासनले सिलिण्डरहरु बुझाउन आमव्यवसायीहरुलाई आग्रह गरेको थियो ।

प्रशासनको आग्रहपछि आज दिनभरी १४६ वटा सिलिण्डर संकलन भएका हुन् । जसमध्ये ६७ सिलिण्डरमा अक्सिजन भरिएको अवस्थामा थियो ।
प्रशासनको आग्रहपछि धनगढी टीकापुर सुखड भजनी चौमला बौनियाका व्यवसायीहरुले स्वतस्र्फूत रुपमा आफूसंग रहेका अक्सिजनका सिलिण्डरहरु प्रशासनलाई हस्तान्तरण गरेका हुन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15