"नयाँ युवा नयाँ सोच, नेपाल रुपन्देही जिल्ला इकाइ गठन"
2020/06/05, 7:20
 
samiti

गैर लाभकारी संस्था नयाँ युवा नयाँ सोच, नेपालको प्रदेश नम्बर ५ कै पहिलो जिल्ला इकाइको रुपमा रुपन्देही जिल्लामा ५२ सदस्यीय इकाइ समिति गठन भएको छ । परिवर्तित युवा, परिवर्तित सोच, परिवर्तित राष्ट्र भन्ने नाराका साथ २०७४ सालमा स्थापित संस्थाको रुपन्देही जिल्लामा ५२ सदस्यीय इकाइ समिति गठन गरिएको हो । 

हालसम्म सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा वागमती प्रदेशका विभिन्न जिल्लाहरुमा शाखा विस्तार गरिसकेको संस्थाका केन्द्रिय अध्यक्ष मुकुन्द दिप मडैले जानकारी दिए ।

यस संस्थाले स्थापना कालदेखि नै युवा, महिला तथा बालबालिका लक्षित विभिन्न शैक्षिक, खेलकुद तथा समसामयिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । सन्दिप पौडेलको अध्यक्षतामा गठन भएको इकाइमा ११ जनाको कार्य समिति र बाँकी साधारण सदस्य रहेका छन् । यस संस्थाले अहिले पनि निरन्तर रुपमा भर्चुअल माध्यम बाट विभिन्न जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, स्वास्थ्यकर्मी लगायत सँग प्रत्यक्ष अन्तर्वार्ता कार्यक्रमहरु प्रशारण गरिरहेको छ भने मनोरञ्जनका निम्ति हाजिरीजवाफ, साहित्यिक कार्यक्रम साथै कानुनी साक्षरताको कार्यक्रम समेत चलाइरहेको छ ।

नव गठित इकाइलाइ वधाइ तथा शुभकामना ज्ञापन गर्दै संस्थाका कार्यक्रम विभाग प्रमुख विनोद खत्री भन्नुहुन्छ “नयाँ इकाइ गठन सँगै नयाँ साथिहरुको आगमनले संस्थाको सकृयता अझै बढ्ने छ र समाजको निम्ति हामीले सक्ने विभिन्न क्षेत्रमा टेवा पुर्याउने छौँ, यो जटिल समयमा अझै हामीजस्ता युवाहरुको सकृयताको आवश्यकता बुझेका छौँ र त्यही अनुरुप पुराना कार्यक्रमहरुलाई निरन्तरता दिँदै नयाँ कार्यक्रमहरु पनि थप्दै अघि बढ्नेछौँ ।“