भजनीमा १५ शय्याको अक्सिजनसहित अस्थायी कोरोना अस्पताल 
2021/05/05, 4:48
 
dd

धनगढीको भजनी नगरपालिकाको आर्थिक सहयोगमा महुन्याल बहुमुखी क्याम्पसमा १५ शय्याको अक्सिजनसहित अस्थायी कोभिड-१९ अस्पताल सञ्चालनमा आएको छ।

एक चिकित्सक र दुई स्टाफ नर्सलगायत अन्य स्वास्थ्यकर्मीसहितको टोलीले सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो।नगरपालिकाका मेयर शेरबहादुर चौधरीले नगरपालिकाले खर्च व्यहोर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको बताए।

उनले १० लाख रकम कोभिड संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि छुट्याएर काम गरिरहेको बताए।
५ शय्याको अर्को अस्पतालको व्यवस्था गरिएको छ।

अक्सिजन सिलिण्डर ८ वटा छन् भने थप २० वटा काठमाडौंबाट खरिदका लागि प्रक्रिया अगाडि बढाइएको छ।