सुदूरपश्चिममा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०५ पुग्यो 
2020/06/06, 4:01
 
korona

सुदुरपश्चिममा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बझाङका ६, कैलाली र काठमाडौँका दुई/दुई, अछाम, कञ्चनपुर, डडेल्धुराका एक/एक जनामा कोरोना पुष्टि भएको हो। धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमा सवैभन्दा वढी बझाङका ६ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै डडेल्धुरामा एक जना सुत्केरीमा पनि कोरोना पुष्टि भएको छ ।

त्यसैगरी कञ्चनपुरमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमा एक जना कञ्चनपुरका र दुई जना काठमाण्डौंका रहेका छन् । अछाममा पनि दुई जनामा कोरोना संत्रलमण पुष्टि भएको छ । त्यसैगरी कैलालीमा पनि एक जना थपिएका छन् । कञ्चनपुरको महाकाली अस्पतालमा गरिएको परिक्षणमा महाकाली नगरपालिकाका ३ का ३८ बर्षीय पुरुष तथा काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिका ९ का १८ र ३८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा अछामको मंलसेन नगरपालिका १ की ५२ बर्षीया महिला र धनगढी उपमहानगरपालिका ४ की ५५ बर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

उता डडेल्धुरामा सुदुरपश्चिममा पहिलो पटक सुत्केरीलाई कोरोना पुष्टि भएको छ । डडेल्धुरामा एक सुत्केरीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । अस्पतालका निमित्त मेसु डाक्टर जगदिश विष्टले नवदुर्गा गाउँपालिका– ४ सिरोडकी २१ वर्षीया महिलालाई कोरोना भएको पुष्टि गरे ।  जेठ २१ गते सिरोडको क्वारेन्टाइनबाट सुत्केरी हुन डडेल्धुरा अस्पताल पुगेकी उनको २२गते  पिसिआरका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाइएको थियो । २३ गते सुरक्षित तरिकाले अस्पतालमा शिशु जन्माएकी उनको  कोरोना रिपार्ट पोजेटिभ आएको छ ।  कोरोना रिपोर्ट आइसकेपछि उनी सहित शिशुलाई अस्पतालाको आइसोलेनमा भर्ना गरिएको मेसु विष्टले जानकारी दिए ।

यस्तै बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै बझाङमा संक्रमितको संख्या ७ पुगेको छ । शुक्रबार कोरोना पुष्टि हुनेमा २५, ३८, ५७, र ७० वर्षीय पुरुष तथा २ जना ४० वर्षिया महिला रहेका छन । उनीहरूमध्ये ५ जना भारतको दिल्लीबाट १ हप्ता अगाडी धनगढी स्थित त्रिनगर भन्सार नाका भएर आएको र एक जना २५ वर्षीय पुरुष २ हप्ता अघि काठमाडौंबाट बझाङ भित्रिएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताए ।

संक्रमितलाई खप्तड छान्ना गाउँपालिकाले नै बनाएको आईसोलेसनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको डाक्टर खड्काले बताए । यो सँगै सुदुरपश्चिममा संक्रमितको संख्या १०५ पुगेको छ । 

b