शनिबार १७ जनामा कोरोना पुष्टि, सुदूरपश्चिममा संक्रमितको सङख्या १०९ पुग्यो
2020/06/06, 6:43
 
corona

कैलालीमा शनिबार १७ जनामा कोरोना पुष्टि भएको छ । शनिवार साँझ थप ४ जनामा कोरोना पुष्टि भएसँगै शनिवार संक्रमितको संख्या १७ पुगेको हो । यसअघि शनिवार १३ जनामा कोरोना पुष्टि भएको थियो । 

कैलालीमा शनिवार साँझ थप चार जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप चार जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । यसअघि आजै १३ जनामा कोरोना पुष्टि भएकोमा साँझ थप चार जनामा कोरोना पुष्टि भएको बताए ।

नयाँ संक्रमित चारै जना कैलालीको गौरगिंगा नगरपालिकाका छन । नगरपालिकाका १६, १८, २७ र ३० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यसअघि आज नै बझाङका ६, कैलाली र काठमाडौँका दुई, दुई, अछाम, कञ्चनपुर, डडेल्धुराका एक÷एक जनामा कोरोना पुष्टि भएको थियो । 
कञ्चनपुरको महाकाली अस्पतालमा गरिएको परिक्षणमा महाकाली नगरपालिकाका ३ का ३८ बर्षीय पुरुष तथा काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिका ९ का १८ र ३८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा अछामको मंलसेन नगरपालिका १ की ५२ बर्षीया महिला र धनगढी उपमहानगरपालिका ४ की ५५ बर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उता डडेल्धुरामा सुदुरपश्चिममा पहिलो पटक सुत्केरीलाई कोरोना पुष्टि भएको छ । डडेल्धुरामा एक सुत्केरीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । अस्पतालका निमित्त मेसु डाक्टर जगदिश विष्टले नवदुर्गा गाउँपालिका– ४ सिरोडकी २१ वर्षीया महिलालाई कोरोना भएको पुष्टि गरे ।

 जेठ २१ गते सिरोडको क्वारेन्टाइनबाट सुत्केरी हुन डडेल्धुरा अस्पताल पुगेकी उनको २२गते  पिसिआरका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाइएको थियो । २३ गते सुरक्षित तरिकाले अस्पतालमा शिशु जन्माएकी उनको  कोरोना रिपार्ट पोजेटिभ आएको छ ।  कोरोना रिपोर्ट आइसकेपछि उनी सहित शिशुलाई अस्पतालाको आइसोलेनमा भर्ना गरिएको मेसु विष्टले जानकारी दिए । 

यस्तै बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै बझाङमा संक्रमितको संख्या ७ पुगेको छ । शुक्रबार कोरोना पुष्टि हुनेमा २५, ३८, ५७, र ७० वर्षीय पुरुष तथा २ जना ४० वर्षिया महिला रहेका छन । उनीहरूमध्ये ५ जना भारतको दिल्लीबाट १ हप्ता अगाडी धनगढी स्थित त्रिनगर भन्सार नाका भएर आएको र एक जना २५ वर्षीय पुरुष २ हप्ता अघि काठमाडौंबाट बझाङ भित्रिएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताए ।

संक्रमितलाई खप्तड छान्ना गाउँपालिकाले नै बनाएको आईसोलेसनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको डाक्टर खड्काले बताए । योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ९ पुगेको छ । सुदूरपश्चिमका एक सय ९ जना संक्रमित मध्ये एक सय ५ जना प्रदेशभित्रै रहेका छन् भने दुई जना संक्रमितको मृत्यु भईसकेको छ ।

एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । संक्रमित मध्ये १८ जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भईसकेका छन । सबैभन्दा बढी कैलालीका ४६ जना, अछामका १५, कञ्चनपुरमा १३, डोटीका १०, डडेल्धुरा र बझाङमा ७÷७, बैतडीमा ६, बाजुराका तीन र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ९२, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।