बझाङमा यार्सा संकलन गरेर घर फर्कने क्रममा खोलामा बगेर एक बालिकाको मृत्यु
2021/05/22, 10:58

बझाङमा यार्सा संकलन गरेर घर फर्कने क्रममा खोलामा बगेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाँउपालिका वडा नम्बर १ की १३ बर्षिया कविता बोहराको बाउली खोलाले बगाउदा मृत्यु भएको हो ।

लके बाट घर आउने क्रममा बालिका शुक्रबार दिउसो ३ बजे ताडेमाडेमा सागुबाट चिप्लेर खोलामा बगेकी थिईन् । उनको सब शनिबार विहान झण्डै एक किलोमिटर तल धौलीपैरी भन्ने ठाँउमा फेला परेको उनका आफन्तले जानकारी दिए ।
बुबा आमा संगै रहेका भएपनि ३ दिनदेखी परेको लगातार बर्षाका कारण खोलामा पानीको सतह बढेको थियो । लगातार बर्षा संगै यार्सा संकलन गर्ने ठाँउमा हिमपात भएपछि उनिहरु घर फर्कीएका थिए ।

2025/03/02, 6:45
2025/03/01, 7:27
2025/03/01, 7:24
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/22, 10:58
2021/12/27, 5:23
2020/05/30, 3:31
2020/09/30, 4:49
2022/11/28, 11:00