संक्रमित जनप्रतिनिधि भन्छन्–‘मलाई कसरी लाग्यो थाहै छैन ।’
2020/06/06, 7:38
 
corona

गोदावरी नगरपालिकामा बाहिरबाट आउने स्थानीयहरुको सुरुदेखि नै मेरो नेतृत्वमा उद्धारको काम भईरहेको थियो । लकडाउउन भएदेखि नै उद्धारमा सक्रिय भएर लागिरहेको अवस्थामा जेठ ७ गतेदेखि त्रिनगर नाका खुलेपछि अझ सक्रियता वढेको छ ।

सुरुदेखि नै म लगायत मेरो टीम अलग्गै वस्दै आएका छौं । नगरपालिकाले दिएको जिम्मेवारी अनुसार हाम्रो टीम रातदिन नभनेर स्थानीयको उद्धारमा सक्रिउ भएर लागिरहेको छ ।  पछिल्लो समयमा भारतबाट धेरै मानिसहरु नगरपालिकामा भित्रिएपछि पनि उनी उद्धारको कार्यमा अझ दौडधुप वढ्दै गयो । कामको सिलसिलामा मेरो धेरै जनासँग भेटघाट र सम्पर्क पनि भएको छ । तर पनि सुरुका दिनदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थिए ।

हामी स्वास्थ्यकर्मी सहितको टीम सहित आईसोलेशनमा रहदै आएका छौं । जेठ २० गते मेरो स्वाब संकलन गरिएको थियो । यसअघि मेरो आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो । तर शनिवार कोरोना पुष्टि भएपछि मलाई नै अचम्म लागिरहेको छ । कसरी कोरोना लाग्यो भने केही थाहा छैन् । मेरोे आफ्नो स्वास्थ्य राम्रो रहेको छ ।

स्वास्थ्य सतर्कता पनि अपनाउंदै आएको छु । तर पोजेटेभ देखिएको रहेछ तर म ठीक छु कुनै समस्या छैन । मलाई कुनै लक्ष्मण पनि देखिएको छैन् । म  सुरक्षित छु । म पनि सवै जनालाई आफ्नो स्वास्थ्यमा ख्याल गर्न अनुरोध गर्दछु ।

(कोरोना संक्रमण पुष्टि भएका गोदावरी जनप्रतिनिधिका कुराकानीमा आधारित)