नयाँ आउने बजेट कोरोना नियन्त्रणका लागि खर्च गर्न माग
2021/05/26, 6:27
 
aa

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमले नयाँ आउने बजेट कोरोना नियन्त्रणका लागि खर्च गर्न माग गरेको छ । विश्वव्यापि फैलिएको कोरोना भाइरसको दोस्रो चरणको महामारी नेपालमा पनि फैलिरहेको छ ।

कोभिड १९ को पहिलो र दोस्रो चरणको कारणले नेपालमा पनि ठुलो मानवीय क्षति पुगिरहेको अवस्थामा यस्तो अवस्था नियन्त्रण गर्न महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना मागहरु प्रस्तुत गरेको छ । 

नेपाल सरकारले कोरोना  नियन्त्रण गर्न देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको दिर्घकालिन तथा भरपर्दो माध्यम भनेको विश्व वजारमा उत्पादित कोरोना खोप आम जनतामाझ पुर्याउनु महासंघको निष्कर्ष रहेको छ ।

कोरोनाको खोप व्यवस्था गर्न नेपाल सरकारले निजि क्षेत्रलाई समेत सहभागीता गरेमा सहज हुनेछ विज्ञप्तिमा भनिएको छ । खोप अभियानमा आम सर्वसाधारण लगायत गरिब र विपन्न बर्गका जनतालाई निशुल्क उपलब्ध गराउन समेत माग गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीको हस्ताक्षर रहेको विज्ञप्तिमा खोप आयात गर्दा हुन सक्ने सम्भावित कालोबजारी, भष्ट्रचार र अनियमितता बारे पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

No description available.