सुदुरपश्चिम प्रदेशमा झण्डै ४० हजारमा कोरोना परिक्षण, ७ हजार नमुना परिक्षण बाँकी (भिडियो सहित)
2020/06/07, 9:01
 
korona

सुदुरपश्चिम प्रदेशमा झण्डै ४० हजारमा कोरोना परिक्षण गरिएको छ । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पिसिआर र आरडिटी विधि गरी ३९ हजार ८ सय ५ जनाको कोरोना परिक्षण गरिएको छ । त्यसमा झण्डै ७ हजार बढी नमुना परिक्षण बाँकी रहेको छ ।

पिसिआर विधिबाट आजसम्म ८ हजार २४५ जनाको थ्रोट स्वाब नमुना संकलन गरिएकोमा ७ हजार ४९ नमुना जाँच गरिएको छ । त्यसमा ६ हजार ९४२ नमसना नेगेटिभ आएको छ । एक हजार १९६ नमुनाको नतिमज आउन बाँकी रहेको छ ।

आरटिडी आजसम्म ३२ हजार ७ सय ५६ जनाको परिक्षण गरिएको छ । उनीहरुमध्ये ३१ हजार ८२८ जनाको आरडिटी पोजेटिभ नतिजा आएकोमा पिसिआर विधिद्धारा जाँच गर्दा १२४ जनाको रिर्पोट १२४ जनाको पोजेटिभ आएको छ । ८०४ जनाको आरडिटी पोजेटिभ आएकोमा थ्रोट स्वाब संकलन गरी नुमना परिक्षणको क्रममा रहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।