५९५ रुपैयाँमा स्मार्टको ६० जिबी डाटा प्याक
2021/05/28, 5:00
 
corona

स्मार्ट टेलिकमले ५सय ९५ रुपैयाँमा ६० जिबी डाटाको आकर्षक अफर सार्वजनिक गरेको छ ।  निषेधाज्ञाका समयमा ग्राहकको जीवनलाई थप सरल र सस्तो बनाउने उद्देश्यले सो प्याकेज हरेक दिन दुई जिबीको दरले ३० दिनसम्म प्रयोग गर्न सकिने स्मार्टले जनाएको छ।   

स्मार्ट ग्राहकहरुले एकपटक प्याक खरिद गरे पश्चात, ३० दिनको डाटा नसकेसम्म फेरि पटक पटक सो प्याकेज खरिद गर्न सक्ने छैन।  हरेक दिनको २ जिबी डाटा अर्को दिन प्रयोग गर्न नसकिने स्मार्टले जनाएको छ।  डाटा खरिद गर्न स्मार्ट ग्राहकहरुले *141*3*5*1# डायल गर्नु पर्नेछ।  

ग्राहकहरुले थप जानकारीको लागि स्मार्ट टेलिकमको आधिकारिक फेसबुक पेज facebook/smartcellnepal लग इन गर्न सक्नेछन् ।  स्मार्ट ग्राहकहरुले स्मार्ट वेजपेज वा इ–पेमेन्ट पार्टनरहरु (इ–सेवा,फोन पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस, इनेट पे, पे प्वाइन्ट नेपाल) मार्फत लकडाउन अवधिमा सुरक्षित रही घरबाटै पनि अनलाइन रिचार्ज गर्न सक्छने भएका छन्।