नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी उद्योग बन तथा बतावरण मन्त्री माया भट्टले स्पष्टीकरणको जवाफ बुझाएकी छिन् । मन्त्री भट्टले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सोधेको तीन बुँदे स्पष्टीकरणको जवाफ बुझाएकी हुन् ।
मन्त्री भट्टले कोरोना भाइरसको महामारीको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिदा जनताप्रतिको दायित्वबाट बिमुख भएको ठहर हुने हुँदा समर्थन जारी राख्दै प्रभावकारी भूमिका खेल्ने निर्णय भएको बताएकी छन् ।
उनले आफुले गरेको निर्णय नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभादलको बिधान सम्मत रहेको बताएकी छिन् । बिहीबार प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टलाई एमाले सुदूरपश्चिमले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।