कानुनमन्त्री शाहले बुझाए तीन बुँदे स्पष्टीकरणको जवाफ
2021/05/28, 5:44
 
corona

प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले स्पष्टीकरणको जवाफ दिएका छन् ।  मन्त्री शाहले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सोधेको तीन बुँदे स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।  

मन्त्री शाहले  कोरोना भाइरसको महामारीको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिदा जनताप्रतिको दायित्वबाट बिमुख भएको ठहर हुने हुँदा समर्थन जारी राख्दै प्रभावकारी भूमिका खेल्ने निर्णय भएको बताएका छन् ।  

उनले  आफुले गरेको निर्णय नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभादलको बिधान सम्मत रहेको बताएका छन् ।   बिहीबार प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टलाई एमाले सुदूरपश्चिमले २४ घण्टे स्पष्टीकरण सोधेको हो  ।

तपाईको प्रतिक्रिया