सुदूरपश्चिम सरकारले प्रक्रिया छोट्याएर बजेट ल्याउदै 
2021/05/30, 10:35
 
dd

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याउने प्रक्रिया छोट्याउने भएको छ । प्रदेशमा कोभिड–१९ महामारीको संक्रमण दर उच्च रहेकोले प्रदेश सभाको अधिवेशन सञ्चालन गर्दा संक्रमण हुन सक्ने खतरालाई दृष्टिगत गरी प्रक्रिया छोट्याएर बजेट अधिवेशन बोलाउने तयारी गरिरहेको जनाइएको छ ।

प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले शुक्रबार बसेको मन्त्री परिषद्को बैठकमा अध्यादेश मार्फत प्रक्रिया छोट्याउने विषयमा छलफल भएको बताइन् । प्रिबजेट (बजेटको प्राथमिकता, सिद्धान्त, उद्देश्य), नीति तथा कार्र्यक्रम र बजेटमाथि छलफल लगायतका प्रक्रिया छोटो बनाउन अध्यादेश ल्याउने विषयमा छलफल भएको बताउदै मन्त्री जोशीले अध्यादेशको निर्णय भइनसकेको र अब बस्ने क्याविनेटबाट अध्यादेश जारी हुने बताईन् ।

उनले कोभिड–१९ को संक्रमणले गर्दा संसद बोलाउन निर्णय गर्न असहज भइरहेको बताइन् । ‘संसद् चलेपछि ५२ जना सांसद् लगाएत मर्यादापालक र कर्मचारी गरी ६५ जनाभन्दा बढि व्यक्तिको उपस्थिति हुने बताउदै मन्त्री जोशीले यतिका मानिस जम्मा हुँदा संक्रमण हुने खतरा रहने बताईन् ।