दार्चुलामा व्यवसायिक स्याउ खेती शुरु
2021/06/07, 9:06
 
ss

दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ को बुदीमा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको छ । कालापानी कृषि तथा पशुपालन फर्मले गत वर्षबाट स्याउ खेती शुरु गरेको थियो । स्याउ लगाएको दोस्रो वर्षमै फल दिन थालेको कालापानी कृषि तथा पशुपालन फर्मका अध्यक्ष चरनसिह बुढाथोकीले बताए । पहिलो वर्ष एक हजार ५ सय बोट स्याउ खेती परीक्षणका रुपमा लगाइएको हो।

फर्मले कृषि ज्ञान केन्द्र दार्चुला मार्फत २१ लख रुपैयाँ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत यो वर्ष १ हजार ७ सय बोट स्याउँ अनुदान बाहेक सरकारी लगानी पाइएको छैन। दार्चुला तिंकर सडक निर्माण सयमै हुन सकेमा बुदीमा फल्ने स्याउ सुदूरपश्चिमभरी पुर्याउन सहज हुनेछ।

व्यास गाउँपालिका १ छांगरुमा पनि हजारौं बोट स्याउ लगाइएको छ। यहाँ उत्पादन हुने स्याउँ सशस्त्र प्रहरी बल र भारतीय सुरक्षाकर्मीलाई बिक्री हँदै आएको छांगरुका स्याउँ उत्पादक जीतसिह बोहराले बताए। नेपालतिर बजार पुर्याउन बाटो घाटो छैन ।