हावाहुरी सहितको असिना पानीले मकै बालीमा क्षति
2021/06/24, 10:07
 
dd

निरन्तरको वर्षापछि आएको हावाहुरी सहितको असिना पानीले मकैका बोट नष्ट गरेपछि दार्र्चुलाका कृषक चिन्तित बनेका छन् । भर्खरै लगाएको मकैको बोट हावा हुरी सहितको पानीले ढालेर सोत्तर बनाए पछि कृषक चिन्तित बनेका हुन। बुधबार बेलुकी नै ठूलो हावाहुरी सहित असिना पानी परेपछि जिल्लाका विभिन्न क्षेत्रमा यसले ठूलो क्षति पु–याएको बताइएको छ । जसले गर्दा उत्पादनमा गिरावट आउने किसानको भनाइ छ ।

हावाहुरीले जिल्लाको मालिकार्जुन तथा महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको मकै बालीमा क्षति पुगेको स्थानीयले बताएका छन् । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ को सजानी, डुङरी ठाडिधार तथा महाकाली नगरपालिकाको दत्तु थाप्ला क्षेत्रमा मकैबालीमा क्षेति पुगाएको यस क्षेत्रका स्थानीयहरुले बताएका छन।

र्षभरि खान पुग्ने गरी लगाएको मकैमा प्राकृतिक विपत्तिको चपेटामा परेपछि कृषकहरू निराश बनेको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु थाप्लाका कृषक सुरज सिह सामन्तले बताए।

हावाहुरीले कृषकलाई ठूलो क्षति पु–याएको अर्का कृषक भिम सिह चैसिरले बताए। अघिल्लो वर्ष पनि हावाहुरीले मकै बालीमा क्षेति पु–याएको थियो।जिल्लाको लेकाली क्षेत्रका कृषकहरूको मुख्य बालीको रूपमा रहेको मकै सोत्तर बनेर चौपायालाई खुवाउनु परेपछि उनीहरूलाई वर्षभरि खाने अन्नको चिन्ता परेको छ।

यस्तै दत्तु क्षेत्रको डाणा क्षेत्रमा लगाइएको तरकारीमा समेत क्षेति पुगेको बताइएको छ। कृषि ज्ञानकेन्द्र दार्चुलाका अनुसार अहिले जिल्लाका कुन ठाउँमा क्षेतिभयो भन्ने बारे जानकारी लिने काम भइरहेको कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले दिए।