
कैलालीको धनगढीमा सुदूरपश्चिमका तीन स्रष्टा सम्मानित भएका छन् । सामाजिक विकास मन्त्रालयले एक कार्यक्रमको आयोजना गर्दै फरक फरक बिधाका तीन जनालाई सम्मान गरेको हो ।

भानुजयस्तीको अवसर पारेर सम्मानित हुनेहरूमा नरेन्द्रराज रेग्मी, यज्ञराज यात्री र हरिचन्द्र जोशी रहेका छन् । रेग्मीलाई सङ्गीत तथा नाट्य विधा, यात्रीलाई साहित्य विधा र जोशीलाई सांस्कृतिक विधामा सम्मान गरिएको हो ।
कार्यक्रममा सभामुख अर्जुन बहादुर थापा,सामाजिक विकास मन्त्री लालबहादुर खड्का र सामाजिक राज्य मन्त्री मना साउदको उपस्थिति रहेको थियो । कार्यक्रममा मादन पुरस्कार विजेता रामलाल जोशी लगायत एक दर्जन बढी स्रष्टाहरूको पनि उपस्थिति रहेको थियो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15