नेपाल तेक्वान्दो संघको डडेल्धुरा जिल्ला कार्य समिति गठन गरिएको छ । गेहेन्द्र ठकुराठीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।
नेपाल तेक्वान्दो संघ सुदुरपश्चिम प्रदेश समितिका सचिव श्रीराम चौधरीको अध्यक्षतामा गठन गरिएको डडेल्धुरा जिल्ला कार्य समितिको उपाध्यक्षमा दिपक भट्ट र राजन जैरु, सचिवमा रविन्द्र कोली सहसचिवमा आशिष वोहोरा र कोषाध्यक्षमा मन्जु कालाखाती चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रोजन गुरुग, अनिष कठायत र गौपति पन्त रहेका छन् । जिल्ला कार्य समिति गठन कार्यक्रममा प्रदेश सदस्यधनगढी उपमहानगरपालिकाको नगर कार्य समितिका सचिव योगेन्द्र खलौलाको पनि उपस्थिति रहेको थियो ।
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2020/10/17, 9:40
2021/12/07, 11:48
2023/04/23, 6:07