नेपाल तेक्वान्दो संघको कार्यतालिका अनुसार बैतडी जिल्ला तेक्वान्दो संघ गठन गरिएको छ । सुदुरपश्चिम प्रदेशका तेक्वान्दो जिल्ला संघ गठन नभएका जिल्लाहरुमा जिल्ला संगठन बिस्तार गर्ने क्रममा बैतडीमा जिल्ला कार्य समिति गठन गरिएको हो । रमेशराम कोलीको अध्यक्षतामा ११ सदस्यीय बैतडी जिल्ला तेक्वान्दो संघ गठन गरिएको छ ।
जिल्ला कार्य समितिीको उपाध्यक्षमा अमरबहादुर टेर, सचिवमा दीपा ठगुन्ना, सह–सचिवमा हरिश बिष्ट, कोषाध्यक्षमा भागरथी भट्ट चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा लक्ष्मण भण्डारी, भुवन भट्ट, खेमराज लुहार, मानबहादुर चन्द, रमेश पन्त र विजय राना चयन भएका छन् ।
जिल्ला कार्य समिति गठन कार्यक्रम नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम संयोजक साम्राज्य विक्रम पाण्डेयको संयोजन तथा सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका सचिव तथा जिल्ला संगठन बिस्तार समिति संयोजक श्रीराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।
पाटन नगरपालिकाका उप–प्रमुख सरस्वती कोलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धनगढी उप–महानगरपालिका नगर तेक्वान्दो संघका सचिव योगेन्द्र खोलौला लगायत खेलप्रेमी तथा सुभेक्षुकहरुको उपस्थिति रहेको थियो ।