
कैलालीको अत्तरियामा लगाइएको ड्रागन फ्रुट १३ महिनामै फलेको छ। सामान्य अवस्थाभन्दा यो पाँच महिनाअघि फलेको हो। कृषि प्राविधिकहरूका अनुसार यो फल फल्न सामान्यतया १८ महिना लाग्छ।

गोदावरी नगरपालिका–२ तेघरीमा कञ्चनपुरका गोकर्णबहादुर ओलीले बिरुवा रोपेको १३ महिनामै फलेको हो। अत्तरियानजिक तेघरीमा वार्षिक करिब ५० हजार भाडा तिर्ने गरी डेढ बिघा जग्गा भाडामा लिएर ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका ओली चाँडै फल लागेकोमा खुसी छन्।
सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले माटो र राम्रो हावापानीका कारण चाँडै फलेको बताए।ओलीले युट्युब हेरेर सुदूरपश्चिममै ड्रागन फ्रुट खेती गर्ने योजना बनाएका हुन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/18, 9:43
2020/06/10, 1:46